aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नयाँ भाइरस ओमिक्रोन फैलिएको अफ्रिकाभन्दा युरोपमा ८६ गुणा बढी संक्रमित भेटिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
नयाँ भाइरस ओमिक्रोन फैलिएको अफ्रिकाभन्दा युरोपमा ८६ गुणा बढी संक्रमित भेटिए

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लाई लिएर विश्व फेरि चिन्तित बनेको छ । युरोपेली युनियनले अफ्रिकामा उडानहरू प्रतिबन्ध लगाएको छ ।  ओमिक्रोनमा डेल्टा भन्दा ७ गुणा छिटो फैलिने भेरियन्ट भनिएको छ । तर, अफ्रिकामा जहाँ यो फैलिएको त्यहा नयाँ बिरामी र मृत्यु दुई महिनादेखि निरन्तर घट्दै गएको छ । 

यो महत्त्वपूर्ण छ किनभने अफ्रिकी मेडिकल एसोसिएसनले ओमिक्रोन भेरियन्ट दुई महिनाको लागि भएको बताएको छ । ४५  पटक यसको रूप परिवर्तन भएको छ । यसका बाबजुद पनि मृत्यु हुनेको संख्या घट्ने क्रम जारी रहेको अफ्रिकी मेडिलक एसोसिएसनले बताएको छ । संक्रमित बिरामीहरू गम्भीर बिरामी भएका छैनन । तिनीहरूका लक्षणहरू पनि धेरै हल्का रहेको एसोसिएसनले बताएको छ । 

युरोपले अफ्रिकाको तुलनामा ८६ गुणा बढी नयाँ बिरामीहरू पाइरहेको छ र त्यहा धेरै मृत्युहरू छन् । विश्वको जनसंख्याको १७ प्रतिशत रहेको अफ्रिकाका ५४ देशमा दैनिक ४,२०० बिरामी मात्रै आउने गरेका छन्, जुन युरोपको तुलनामा ८६ गुणा कम हो । अफ्रिकामा दैनिक मृत्यु पनि १५० भन्दा कम छ । युरोपको तुलनामा २६ गुणा कम हो । 

अफ्रिकामा दैनिक घटना र मृत्यु दुवै दुई महिनादेखि लगातार घट्दै गएको छ । अर्कोतर्फ विश्वको १० प्रतिशत जनसंख्या भएका युरोपका ४५ देशमा दैनिक ३ लाख ६३ हजार बिरामी भेटिने गरेका छन् । हरेक दिन ३,८८० भन्दा बढी मृत्यु भइरहेका छन् ।  युरोपमा मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । यहाँ भएका सबै केसहरू डेल्टा भेरियन्टका हुन् ।
 

प्रतिक्रिया दिनुहोस