काठमाडौं । गत २४ घण्टामा नेपालमा १५८ जना नयाँ कोरोना संक्रमण भेटिएका छन् । ३४२ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार २ सय १३ जना नयाँ संक्रमित भेटिएका थिए ।
नेपलामा अझै पनि ६ हजार नौ सय ६६ जनामा संक्रिय कोरोना भाइरस रहेको मन्त्रालयले जनाएको छ । छ हजार छ सय चार पिसीआर र दुई हजार तीन सय १४ एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यससँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार तीन सय उनानब्बे जना पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ ।
त्यसैगरी पछिल्लो समय एक लाख २७ हजार ६११ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १५६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस