aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोनाको नयाँ भेरियन्टपछि भारतको विमान स्थलहरुमा कडा नियम लागू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ मंसिर २०७८
कोरोनाको नयाँ भेरियन्टपछि भारतको विमान स्थलहरुमा कडा नियम लागू

एजेन्सी । भारतको केन्द्र सरकारले नयाँ कोरोना भेरियन्ट ओमिक्रोनलाई लिएर सावधानी अपनाउँदै आइतबार साँझ अन्तर्राष्ट्रिय यात्रुहरूका लागि नयाँ नियम जारी गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले यी नयाँ दिशानिर्देशहरू जारी गरिएको नयाँ नियम डिसेम्बर १ देखि लागू हुनेछ ।

यस अनुसार अब अन्तर्राष्ट्रिय यात्रुले यात्रा सुरु गर्नुअघि आफ्नो ट्राभल हिस्ट्री र नेगेटिभ पीआर रिपोर्ट केन्द्र सरकारको एयर सुविधा पोर्टलमा अपलोड गर्नुपर्नेछ । 

नयाँ नियम अनुसार नयाँ कुनै पनि अन्तर्राष्ट्रिय गन्तव्यबाट भारत आउने यात्रुहरूलाई उनीहरूको पछिल्लो १४ दिनको यात्रा इतिहासको रेकर्ड र सोधिनेछ अर्थात् उनीहरूले यस अवधिमा कुन देश भ्रमण गरे भनेर विवरण माग परिने छ ।  यस अवधिमा उनीहरू केन्द्र सरकारद्वारा ‘जोखिममा परेका’ सूचीमा परेका देशहरूमा गएका छैनन् भन्ने प्रमाण पाएमात्र उनीहरुलाई थप यात्राको अनुमति दिइने छ । यस बाहेक उनीहरुले नेगेटिभ च्त्–एऋच् रिपोर्ट पनि देखाउनु पर्नेछ ।

सूची बाहिरका देशहरूबाट आउनेहरूको अनियमित परीक्षण हुनेछ । निर्देशिका अनुसार ‘कन्ट्री एट रिस्क’ सूची बाहिरका देशबाट आउने यात्रुलाई भारतमा अवतरण गरेपछि विमानस्थलबाट बाहिर निस्कन दिइनेछ । त्यस्ता यात्रुहरूले १४ दिनसम्म आफ्नो स्वास्थ्यको स्वयं निरीक्षण गर्नेछन् ।  यी यात्रुहरूमध्ये कुल यात्रुहरूको ५ प्रतिशत एयरपोर्टमा अवतरणपछि पीसीआर परीक्षण गरिनेछ । यो परीक्षण अनियमित रूपमा यात्रुहरू छनौट गरेर गरिनेछ ।

निर्देशिका अनुसार ‘जोखिममा’ सूचीमा रहेका देशबाट आउने यात्रुलाई विमानस्थलमा अवतरण गरेपछि अनिवार्य रूपमा कोभिड परीक्षण गरिने छ । यी यात्रुहरूले विमानस्थलमै परीक्षणको नतिजा नआएसम्म पर्खनुपर्ने छ ।  परीक्षण नेगेटिभ आएमा उनीहरुलाई ७ दिन होम क्वारेन्टाइनमा बस्न लगाइने छ । यसपछि आठौं दिनमा उनको पुनः परीक्षण हुनेछ र त्यो पनि नेगेटिभ आएमा आगामी ७ दिनसम्म स्वास्थ्य परीक्षण गर्न दिइनेछ ।

यात्रा सुरु गर्नु अघि, एयर सुविधा पोर्टलमा १४ दिनको यात्रा इतिहासको आत्म–घोषणा फारम भर्नु पर्छ । यसका साथै, पोर्टलमा ७२ घण्टाभित्र आफ्नो नेगेटिभ पीसीआर रिपोर्ट पनि अपलोड गर्नुपर्नेछ । भारतका एयरपोर्टहरूमा यात्रुहरूलाई दुई श्रेणीमा विभाजन गरिने जनाएको छ । पहिलो श्रेणी ’जोखिममा’ सूचीबाट आउनेहरू र दोस्रो अन्य देशका यात्रुहरूका लागि हुनेछन् । 

केन्द्रीय सरकारले ‘जोखिममा’ सूचीमा परेका देशहरूमा बेलायत, इजरायल, दक्षिण अफ्रिका, ब्राजिल, बंगलादेश, बोत्सवाना, चीन, मोरिसस, न्यूजिल्याण्ड, जिम्बाब्वे, सिंगापुर र हङकङलगायत सबै युरोपेली देशहरू पर्छन्।

प्रतिक्रिया दिनुहोस