
एजेन्सी । कोरोनाको ओमिक्रोन भेरियन्टले विश्वलाई चिन्तित बनाएको छ । फ्रान्समा ओमिक्रोनका ८ शङ्कास्पद बिरामी फेला परेका छन् । नाइजेरियाबाट फर्किएका दुई व्यक्तिमा क्यानडामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
बेलायत, श्रीलंका, माल्दिभ्सलगायत धेरै देशहरूले अफ्रिकी देशहरूमा यात्रा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले आज अफ्रिकी देशहरूमा पनि यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । यहाँ ओमिक्रोनलाई ध्यानमा राख्दै जापानले सबै विदेशीलाई प्रवेशमा रोक लगाएको छ ।
बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई लिएर कडाई गरिएको छ । यहाँ यात्रा प्रतिबन्ध, फेस मास्क र परीक्षणमा लापरवाही नगर्न सल्लाह दिइएको छ । बेलायतमा अब १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिइनेछ ।
प्रतिक्रिया दिनुहोस