aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कोरोना अपडेटः थप २५९ जनामा संक्रमण हुँदा २६४ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ मंसिर २०७८
कोरोना अपडेटः थप २५९ जनामा संक्रमण हुँदा २६४ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४३ जना र एन्टिजन परिक्षण गर्दा १६ जना गरि जम्मा २५९ जना नयाँ संक्रमित थपिएका हुन् ।     

त्यस्तै, पछिल्लो २४ घण्टामा २६४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय २४ रहेको छ ।  

पछिल्लो २४ घण्टामा ९ हजार ८८८ जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख ४४ हजार ५३४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस