aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोनाका कारण घुम्न जान प्रतिबन्ध लगाएपछि जापानका थिम पार्क चम्किदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ मंसिर २०७८
कोरोनाका कारण घुम्न जान प्रतिबन्ध लगाएपछि जापानका थिम पार्क चम्किदै

एजेन्सी । झण्डै दुई वर्षदेखि चलिरहेको कोरोनाका जापानी पर्यटक विदेश भ्रमणमा जान पाएका छैनन् । यस्तो अवस्थामा झन्डै ३० वर्षअघि निर्माण भएका जर्मन, डच, बेलायती र अमेरिकी शहरका थिमपार्कहरू अहिले चम्किन थालेका छन् । 

नागासाकीमा बनेको डच शहरमा ट्युलिप फूल र वास्तुकलाको दृश्य देख्न पाइन्छ । करिब २०० हेक्टर क्षेत्रफलमा फैलिएको यो डच थिम पार्कले विगत दुई वर्षदेखि लाखौं पर्यटकलाई आकर्षित गरेको छ । हास टेन बोस नामको यो डच थिम पार्क जापानको एक मात्र विदेशी शहर भने होइन । 

चिबा प्रिफेक्चर, जापानका जर्मन शहरहरू, माई प्रिफेक्चरमा स्पेनी शहरहरू, फुकुशिमा प्रान्तका ब्रिटिश शहर र ओकिनावा प्रान्तका अमेरिकी शहरहरू छन्। विदेश जान चाहने तर कोरोना अवधि र कम बजेटका कारण जान नपाएका जापानी पर्यटकका लागि यी शहरमा भ्रमण गरेर रमाउने गरेका छन् । यस्तै एउटा थिम पार्क सञ्चालक नाउको कुरुसावा जापानीहरु विदेश जान नसके विदेशी शहरहरु जापान आउन सक्ने बताउँछन् ।

बालबालिकाको खेल्ने ठाउँ, गल्फ कोर्स र सम्बन्धित देशका चर्चित चिजहरु विदेशी सहरको प्रतिकृतिमा बनाइएको छ । कुरुसावा भन्छन्, यी थिम पार्कहरूले त्यो देशका प्रसिद्ध भवनहरू मात्र नभई त्यस देशको संस्कृतिको झलक पनि दिन्छ। त्यही देशको खाना पनि त्यहाँ पाइन्छ ।

यी थिम पार्कहरू जापानमा ९० को दशकमा बबल अर्थतन्त्रको समयमा निर्माण गरिएका थिए । बबल अर्थतन्त्रको समयमा जापानीहरुको आम्दानीमा बृद्धि भएकाले विदेश घुम्ने रहर बढेको थियो । त्यसपछिका दशकहरूमा जापानी पर्यटकहरू विदेश जान थालेपछि यी थिम पार्कहरू सुनसान भए । कोरोनाको समयमा उज्यालो फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस