aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

गो ड्याडीको डोमेनमा साइबर हमला, १२ लाख युजरको डाटा चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ मंसिर २०७८
गो ड्याडीको डोमेनमा साइबर हमला, १२ लाख युजरको डाटा चोरी

एजेन्सी । गो ड्याडीमा साइबर आक्रमणको एउटा नयाँ घटना बाहिर आएको छ । जहाँ १२ लाख प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी लिक भएको छ । यस डाटा लिकको खुलासा गो ड्याडी इन्कले नै गरेको छ । वर्ड प्रेसमार्फत व्यवस्थित गरिएका १२ लाख सक्रिय तथा निष्क्रिय प्रयोगकर्ताका इमेल आइडी र फोन नम्बरलगायतका व्यक्तिगत जानकारी लीक भएको कम्पनीले जनाएको छ ।

कम्पनीले नोभेम्बर १७ मा यो कुरा थाहा पाएपछि कम्पनीले यस विषयमा अनुसन्धान गर्न आईटी फरेन्सिक फर्मको सहयोग लिएको जनाएको छ । कम्पनीका प्रमुख सूचना सुरक्षा अधिकारी डेमेट्रियस कम्स भन्छन् कि हामीले यी शंकास्पद गतिविधिहरू आफैं पहिचान गरेका छौं। त्यसयता आइटी फरेन्सिक फर्मको सहयोग लिइएको छ । यो खुलासापछि कम्पनीको शेयर प्रारम्भिक कारोबारमा करिब १.६ प्रतिशतले घटेको छ ।

कम्पनीले तुरुन्तै आफ्नो प्रणालीबाट अनाधिकृत तेस्रो पक्षहरूलाई ब्लक गर्यो र अनुसन्धान गरिरहेको छ । साथै, ६ सेप्टेम्बर २०२१ देखि अगाडि आएका सबै तेस्रो पक्ष प्रयोगकर्ताहरूलाई ब्लक गरिएको छ । साइबर हमलाका क्रममा खुलासा भएका र अझै प्रयोग भइरहेका ती मूल वर्डप्रेस एडमिन पासवर्डहरू कम्पनीले रिसेट गर्दैछ ।

सक्रिय ग्राहकहरूको लागि डाटाबेसहरू जस्तै प्रयोगकर्ता नाम, एसएफटीपी पासवर्डहरू पर्दाफास गरियो । कम्पनीले दुवै पासवर्ड रिसेट गर्दैछ । एसएफटीपी नेटवर्क प्रोटोकलको एक प्रकार हो । जसले फाइल पहुँच, फाइल स्थानान्तरण र फाइल व्यवस्थापनमा पहुँच प्रदान गर्दछ । यो इन्टरनेट इन्जिनियर्स टास्क फोर्सद्वारा डिजाइन गरिएको हुन्छ ।

केही ग्राहकको एसएसएल ‘प्राइभेट की’ पनि पर्दाफास भएको कम्पनीले जनाएको छ । यससँगै त्यस्ता ग्राहकका लागि नयाँ प्रमाणपत्र जारी र स्थापना गर्ने कार्य भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस