
एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन महामारीको तेस्रो लहर निम्त्याउन सक्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् । भारतको आईआईटी कानपुरका प्रोफेसर पद्मश्री मनिन्द्र अग्रवालका अनुसार कोरोनाको नयाँ भेरियन्टबाट धेरै डराउनुको सट्टा थप सावधानी अपनाउनु आवश्यक हुेन उनले सल्लाह दिएका छन् । यसले तेस्रो लहर ल्याउन सक्छ, तर यो पहिलेको तुलनामा कम घातक हुने अपेक्षा गरिएको उनले बताए ।
प्राध्यापक अग्रवालले भ्याक्सिनभन्दा प्राकृतिक प्रतिरक्षा प्रणाली नयाँ भेरियन्टलाई परास्त गर्न सक्षम रहेको दावी गर्छन । तर, उनले अबको ८–१० दिनभित्र अध्ययन प्रतिवेदन तयार गरी सही मूल्याङ्कन पेश गर्ने बताए । यसबारे अहिले नै यकिन भन्न गाह्रो छ ।
प्रो अग्रवालले कोरोनाको ओमिक्रोन भेरियन्टले बलियो रोग प्रतिरोधात्मक क्षमतामा खासै असर नपर्ने बताउँछन । यसको प्रभाव अफ्रिकाका युवाहरूमा बढी देखिएको छ । त्यहाँ खोपबाट वृद्धवृद्धा लाभान्वित भइरहेका छन् भने युवा संक्रमणको चपेटामा बढी छन् । बलियो प्रतिरक्षाको कारण, बच्चाहरू अझै पनि भाइरसबाट सुरक्षित रहेको उनी दावी गर्छन् ।
प्रो अग्रवालले भारतका ८० प्रतिशत जनसंख्याको प्राकृतिक प्रतिरक्षा प्रणाली बलियो भएको बताए । यस्तो अवस्थामा कोरोनाको नयाँ संस्करणले भारतमा खासै प्रभाव पार्ने छैन । भारतमा पनि कोरोनाको लहर आउने निश्चित छ । उनले अबको केही दिनमा विश्वभरका डाटामा कोरोनाको नयाँ भेरियन्ट अध्ययन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस