aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

२५५ जना नयाँ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ मंसिर २०७८
२५५ जना नयाँ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं । गत २४ घण्टामा नेपालमा २५५ जना नयाँ कोरोना संक्रमण भेटिएका छन् । २५६ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपलामा अझै पनि ६ हजार नौ सय ३१जनामा संक्रिय कोरोना भाइरस रहेको मन्त्रालयले जनाएको छ । चार हजार तिन सय उनतिस जनाले पिसीआर र दुई हजार एक सय ४० एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

यससँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार नौं सय नौं जना पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । 

त्यसैगरी पछिल्लो समय एक लाख १५ हजार ४३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १५६ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ७६१, संस्थागत आइसोलेशनमा ३५९, सघन उपचार कक्षमा १७८ र भेन्टिलेटरमा  ३० जनाको उपचार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस