
एजेन्सी । ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले सोमबार राजीनामा दिएपछि अब भारतीय पराग अग्रवाल ट्विटरको नयाँ सीईओ बनेका छन् । यसपछि उनको व्यावसायिक जीवनसँगै व्यक्तिगत जीवनमा पनि मानिसको चासो बढ्दै गएको छ । परागले आफ्नो लाइफ पार्टनर विनिता अग्रवालसँग विवाह गरेका छन्। उनकी श्रीमतीले आफेनाृ ट्विटरमा पोष्ट गरेका अनुसार उनी स्ट्यानफोर्ड विश्वविद्यालयमा सहायक क्लिनिकल प्रोफेसर हुन्।
पराग र विनिताले अक्टोबर २०१५ मा इन्गेजमेन्ट गरेपछि जनवरी २०१६ मा विवाह गरेका थिए । विवाहका धेरै तस्विर परागको इन्स्टाग्राममा पनि राखेकी छिन् । दुबै अमेरिकाको सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बस्छन्। उनीहरुको एक अंश नामको छोरा पनि छन ।
परागकी श्रीमती विनिताको ट्विटर प्रोफाइल अनुसार उनी चिकित्सक र स्ट्यानफोर्ड स्कूल अफ मेडिसिनका सहायक क्लिनिकल प्रोफेसर हुन्। यसअघि विनिताले फ्ल्याटिरोन हेल्थमा प्रोडक्ट म्यानेजमेन्ट निर्देशकको रूपमा काम गरेकी थिइन।
विनिता बिगह्याट बायोसाइन्समा पनि काम गर्छिन्। उनले अहिलेसम्म चिकित्सा र प्राविधिक क्षेत्रमा धेरै काम गरिसकेका छिन् । शिक्षाको कुरा गर्दा उनले स्ट्यानफोर्ड विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेकी हुन । यसबाहेक, उनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट पीएचडी गरेका छन्।
विनिताले हार्वर्ड इन्स्टिच्युट र एमआईटीबाट जेनेटिक बेसिस अफ कमन डिजिजको अध्ययन गरेकी छिन् । उनले कोल्ड स्प्रिङ हार्बर ल्याबोरेटरी र लरेन्स लिभमोर राष्ट्रिय प्रयोगशालाबाट कम्प्युटेसनल रिसर्च पनि गरेका छन्।
परागले आफ्नी श्रीमती विनितासँगको तस्विर सामाजिक सञ्जालमा लगातार अपलोड गर्छन् । परागको इन्स्टाग्राम प्रोफाईल हेर्दा उनलाई घुम्न निकै मन परेको देखिन्छ । उनले विनितासँगको सुन्दर गन्तव्यका केही तस्बिरहरू अपलोड गरेका छन् ।
परागले आफ्ना आमाबुवाको तस्बिर पनि इन्स्टाग्राममा शेयर गरेका छन् । यो तस्बिरमा धेरैले कमेन्टमा परागका बुवाको अनुहारमा गर्व र खुशी प्रस्टै देखिने लेखेका छन् । जे होस्, पराग अग्रवालले यस्तो स्थान हासिल गरेका छन् जुन धेरैले सपनामा पनि सोच्दैनन्।
पराग भारतमा जन्मे र हुर्केका थिए। आईआईटी बम्बेबाट अध्ययनपछि पराग करियर बनाउन अमेरिका गए । उनले बीटेक पढेका छन् । अमेरिका गएपछि परागले स्ट्यानफोर्ड विश्वविद्यालयबाट पीएचडी पनि गरे । विनिताले पनि यही विश्वविद्यालयबाट पढेकी हुन ।
प्रतिक्रिया दिनुहोस