aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ मंसिर २०७८
नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै

काठमाडौं । कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो । 

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाप्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताए । यस्तै, यही मङ्सिर २२ गते कोभ्याक्समार्फत छ लाख मात्रा खोप आउने उनले बताए । उनले नियमित रुपमा खोप आइरहेको बताए । सरकारले नियमित रुपमा खोप आउन थालेपछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ । 

यस्तै, बालबालिकालाई लगाउने खोप मोडर्ना यही शुक्रबार नेपाल आउने भएको छ । अमेरिकाबाट खरिद गरिएका मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आउन लागेको आपूर्ति शाखाप्रमुख ढुङ्गानाले जानकारी दिए । यसअघि बालबालिकालाई लगाउने फाइजर खोप आएको थियो । उनका अनुसार नेपालमा अहिलेसम्म दुई करोड ६१ लख ९६ हजार मात्रा खोप आइसकेको छ । 

प्रतिक्रिया दिनुहोस