
काठमाडौं । गत २४ घण्टामा नेपालमा ३१६ जना नयाँ कोरोना संक्रमण भेटिएका छन् । २५९ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपलामा अझै पनि ६ हजार नौ सय ५४ जनामा संक्रिय कोरोना भाइरस रहेको मन्त्रालयले जनाएको छ । १० हजार नौ सय १९ जनाले पिसीआर र एक हजार आठ सय ८ जनाले एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यससँगै निको हुनेको सङ्ख्या आठ लाख तीन हजार एक सय ६८ जना पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२९ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ ।
त्यसैगरी पछिल्लो समय दुई लाख २७ हजार ५८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ९५४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस