aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

ट्वीटरमा भारतीय मुलका सिइओ आउने वित्तीकै नयाँ नियम लागू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ मंसिर २०७८
ट्वीटरमा भारतीय मुलका सिइओ आउने वित्तीकै नयाँ नियम लागू

एजेन्सी । पराग अग्रवालले ट्वीटरको कमाण्ड सम्हाल्नेबित्तिकै एक्सनमा आएका छन् । ट्विटरका सीईओ पराग अग्रवालले केही नयाँ नियम लागू गरेका छन् । उनीहरुका अनुसार कुनै पनि प्रयोगकर्ताले उनीहरुको सहमतिबिना अरु कसैको फोटो वा भिडियो शेयर गर्न पाउने छैनन् । ट्विटरका अनुसार कम्पनीले उत्पीडनलाई ध्यानमा राखेर यो कदम चालेको हो। ट्विटरले आफ्नो उत्पीडन विरोधी नीतिहरूलाई बलियो बनाउन यो कदम चालिएको जनाएको छ।

ट्विटरको नयाँ नियम अन्तर्गत, सार्वजनिक व्यक्तित्व नभएका व्यक्तिहरूले आफ्ना फोटो वा भिडियोहरू हटाउन अनुरोध गर्न सक्छन् जुन सेयर गर्न उनीहरूको सहमति प्राप्त गरिएको छैन। ट्वीटरले पब्लिक फिगर भएका व्यक्तिले यो सुविधा नपाउने पनि स्पष्ट पारेको छ । व्यक्तिगत जानकारी खुलाउन धम्की दिने वा अरूलाई त्यसो गर्न प्रोत्साहित गर्ने कुरा पनि ट्विटरको नयाँ गोपनीयता नीतिमा समावेश गरिएको छ।

ट्वीटरका अनुसार निजी तस्विर र भिडियोहरू सेयर गर्दा व्यक्तिको गोपनीयतामा हानि पुग्न सक्छ। त्यस्ता कार्यहरूले (जसको फोटो शेयर गरिएको छ) मानसिक वा शारीरिक हानि पनि गर्न सक्छ। यस्तो अवस्थामा कुनै व्यक्ति वा उनका प्रतिनिधिले यस्तो जानकारी दिएमा ट्वीटरले त्यस्ता व्यक्तिगत फोटो वा भिडियो हटाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस