aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

३१५ जना नयाँ कोरोना संक्रमित थपिए, छ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ मंसिर २०७८
३१५ जना नयाँ कोरोना संक्रमित थपिए, छ जनाको मृत्यु

काठमाडौं । गत २४ घण्टामा नेपालमा ३१५ जना नयाँ कोरोना संक्रमण भेटिएका छन् । २०१ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा अझै पनि ७ हजार ४५ जनामा संक्रिय कोरोना भाइरस रहेको मन्त्रालयले जनाएको छ । ११ हजार ४ सय ३ जनाले परिक्षण गरेका थिए भने ९ हजार ५ सय ११ जना पिसीआर र एक हजार आठ सय ९२ जनाले एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमा २ सय ९८ जना आर्टी पिसीआर बाट र १७ जना एन्टीजेट परिक्षणबाट संक्रमित फेला परेका हुन । 

यससँगै निको हुनेको सङ्ख्या आठ लाख तीन हजार तीन सय ६९ जना पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट छ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ ।  त्यसैगरी पछिल्लो समय एक लाख ४१ हजार ५५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस