
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण नेपाल आउने विभिन्न देशका यात्रुलाई प्रवेशमा रोक छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुलाई नेपालमा प्रवेश रोक लगाएको हो ।
मन्त्रिपरिषदको बैठकले ती देशबाट ट्रान्जिट भएर नेपाल आउने यात्रुालाई र ती देशमा तीन हप्ताभित्र भ्रमण गरेर नेपाल आउने यात्रुहरुलाई पनि प्रवेशमा रोक लगाएको छ ।
संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा समेत नदिने निर्णय भएको छ । विहीबार भारतको कर्नाटकमा समेत दुई जनामा नयाँ भेरियन्ट देखा परेको छ । भारतका विभिन्न राज्यमा विद्यालयसमे बन्द गर्न थालेका छन् । नोभेम्बरको शुरुका दिनहरूमा, दक्षिण अफ्रिकाको प्रिटोरियामा रहेको ल्यान्सेट प्रयोगशालाहरूमा प्रयोगशाला कोरोनाभाइरसको नयाँ भेरियन्ट फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस