
एजेन्सी । भारतमा ओमिक्रोन भेरियन्टका २ केस फेला परेका छन् । कर्नाटकका यी दुई बिरामीको उमेर ४६ र ६६ वर्ष छ । उनी ११ र २० नोभेम्बरमा बैंगलोर आएका थिए । कोरोनाको यो नयाँ संस्करणका बिरामी भेटिएपछि सरकारको चिन्ता बढेको छ । मास्क लगाएर सचेत रहन सर्वसाधारणलाई सचेत गराइएको छ । देश र विश्वका भाइरोलोजी विज्ञहरूले यो भेरियन्टलाई लिएर चिन्ता व्यक्त गरिरहेका छन् ।
अमेरिकी संक्रामक रोग विशेषज्ञ र ह्वाइट हाउसका प्रमुख चिकित्सा सल्लाहकार डा एन्थोनी फौसीले ओमिक्रोन भेरियन्टबाट सावधान रहन चेतावनी दिएका छन्। ओमिक्रोनको पहिलो केस क्यालिफोर्नियामा फेला परेको थियो। फौसीले यसको उत्परिवर्तनप्रति चिन्ता व्यक्त गरेका छन्। उनले डेल्टा भेरियन्ट लगायतका अन्य भेरियन्टभन्दा ओमिक्रोन बढी खतरनाक हुनसक्ने बताए ।
डब्ल्यूएचओका प्रमुख वैज्ञानिक डा. सौम्या स्वामीनाथनले डेल्टा भेरियन्टबाट भारतमा सबैभन्दा धेरै मृत्यु भएको बताएका छन्। ओमिक्रोन डेल्टा भेरियन्टभन्दा कति खतरनाक छ र कति छिटो फैलिन्छ भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन। दक्षिण अफ्रिकामा संक्रमित भएका केहीलाई खोप लगाइएको थियो।
वैज्ञानिक डा रमन गंगाखेडकरले हाल नयाँ भेरियन्टको बारेमा धेरै जानकारी नभएको तर प्रारम्भिक रिपोर्टले संक्रमित भए अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस