aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भारतमा ओमीक्रोन भेटिए पछि वीरगञ्ज नाकामा उच्च सतर्कता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ मंसिर २०७८
भारतमा ओमीक्रोन भेटिए पछि वीरगञ्ज नाकामा उच्च सतर्कता

वीरगञ्ज । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।

भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आगामी आवश्यक निर्णय लिनका लागि ‘एक्सन प्लान’ बनाउने जिम्मा दिइएको प्रजिअ ढकालले जानकारी दिए ।

पर्सामा भारतबाट खुलारूपमा आवतजावत हुने भएका कारण जिल्लामा नयाँ भेरियन्टको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सक्रियरूपमा काम गर्ने गरी योजना अघि बढाएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस