aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

रियलमीले ल्यायो नेपालमा नार्जो सेरिज, यस्तो छ मूल्य र विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ मंसिर २०७८
रियलमीले ल्यायो नेपालमा नार्जो सेरिज, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः NARZO 50I / NARZO 50A ल्याउने भएको हो ।  

कुनै पनि फिचरहरुमा सम्झौता नगरि आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुन् । 

MediaTek Helio G85 चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको यो पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन हो जसमा पर्याप्त पावर हुने हुँदा प्रयोगकर्ताले आरामले गेम खेल्न सक्नेछन् । यो सेग्मेन्टमै सबैभन्दा शक्तिशाली ५० एमपी ट्रिपल एआई क्यामरा भएकोले गर्दा यसलाई यसको प्रतिस्पर्धीहरु भन्दा एक कदम अगाडि बनाएको छ । 

साथै यसको अगाडिपट्टि रहेको एआई ब्युटी, पोर्ट्रेट मोड र अन्य फिचर्सयुक्त हाइ डेफिनिसन ८एमपी क्यामराले उत्कृष्ट फोटोहरु खिच्न सक्छ । यसमा भएको ६००० एमएएचको ब्याट्रिले प्रयोगकर्तालाई स्ट्यान्ड–बाइ मोडमा ५३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिन्छ । यी फोनको मूल्य १२ हजार देखि २१ हजारसम्म पर्ने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस