_20211203212149.jpg)
पोखरा । पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले अवलोकन गर्दै त्यहा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन ।
राष्ट्रिय गौरवको योजनाको निर्माण कार्य सकिन लाग्दा हाल देखिएको केही समस्यालाई हल गर्न राजनीति पार्टी कर्मचारी र स्थानियको समेत महत्वपूर्ण भुमिका खेल्नुपर्ने उनको भनाई थियो । पोखरा क्षेत्रिय अन्तर्राट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनानकर्मीले विमानस्थलमा हाल ड्रेनको समस्या, रिठ्ठे पानी डाँडा कटान, पोखरा विमानस्थलबाट १३ किलोमिटर टाडाको दुरीमा ल्याण्डफिल्ड साइड स्थापना गर्नुपर्ने मुख्य चुनौती भएको मन्त्री समक्ष गुनासो गरेका थिए ।
जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयका व्यत्तिmलाई नबोलाएकोमा मन्त्री आलेले कर्मचारीलाई झपार्दै सम्बन्धित पक्षलाई नवोलाईकन समस्या समाधान हुन्छ भन्दै हाल देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन्।
पोखरामा ठूलो पानी पर्दा पोखरा विमानस्थलमा पानीको भाल आउने गर्दा हाल ड्रेनबाट पानीको उचित व्याबस्थापन गर्नुपर्ने प्रमुख मुनानकर्मीले बताए । वन तथा वातारण मन्त्रालयमा आफु हुदा नै रिठ्ठे पानी डाडाँ कटानको बिषयमा फाइल माग गरेको मन्त्री आलेले जनाए । कर्मचारीको र राजनीति कारण यस्ता योजना प्रभावित हुने गरेको उनको भनाई थियो ।
करिब २२ अर्बको परियोजना पोखरा विमानस्थल निर्माणको हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख मुनानकर्मीले जनाए ।
गत बर्ष पहिलो लहरको कोरोना र यस चालु आर्थिक बर्षमा पनि दोश्रो लहरको कोरोनाको कारणले गर्दा कामदार तथा निर्माण सामाग्री समयमै व्यबस्थापन गर्न नसक्दा निर्धारित समय सिमा भित्र उक्त परियोजना सम्पन्न गर्न कठिन भएसंगै ६ महिनाको समयको म्याद थप समेत भएको उनले जनाए ।
्सन् २०२१ को जुलाई १० अर्थात यही असार २६ गते भित्र पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न हुने गरी चाइनाको सि।ए।एम।सी। कम्पनीले जिम्मा लिए पनि कोरोनाको कारणले गर्दा समय सिमा भित्र नसकिएकोले गर्दा कम्पनीले ६ महिना समय थप गर्न प्रश्ताव गरेको थियो ।
पोखरामा हाल निर्माण भएको २ हजार ५ सय मिटर लम्बाईको रनवे, रनवेको चौडाई भने ४५ मिटरको रिजीट कंक्रिट पेभमेन्टको आधारमा पोखरा विमानस्थलको धावनको मार्ग अन्य क्षेत्रको भन्दा फरक भएको आयोजनाको दाबी छ ।
प्रतिक्रिया दिनुहोस