aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

के हो क्वान्टम कम्प्युटिङ ? किन यति धेरै लगानी भइरहेको छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ मंसिर २०७८
के हो क्वान्टम कम्प्युटिङ ? किन यति धेरै लगानी भइरहेको छ ?

एजेन्सी । अबको समयमा क्वान्टम कम्प्युटिङले हाम्रो जीवनलाई प्रभावकारी रूपमा परिवर्तन गर्न सक्छ । विश्वभरिका प्रविधि कम्पनीहरू कम्प्युटरको नयाँ पुस्ता विकास गर्न लागिपरेका छन्। क्वान्टम कम्प्युटिङ प्रविधि विकास हुँदा कम्प्युटरले गर्ने काममा ठूलो फड्को मार्ने बताइएको छ।युनिभर्सल अप्टिकल क्वान्टर कम्प्युटरहरू निर्माण गर्नुको तुलनामा यसलाई थोरै भौतिक स्रोतहरूको खाँचो हुन्छ ।

 वैज्ञानिक पानलाई उल्लेख गर्दै चीनको राज्य सञ्चालित समाचार नियोग सिन्ह्वाले जनाएको छ । गत वर्ष अनुसन्धानकर्ताहरूले अर्धसुचालक (सेमिकन्डक्टर) क्वान्टम विन्दुहरूमा आधारित विश्वको सर्वोत्तम एकल (सिंगल) फोटोन स्रोतको विकास गरेका थिए । 

अहिले उनीहरूले बोस्टन स्याम्पलिङ कार्य सञ्चालनका लागि एक बहु फोटो क्वान्टम कम्प्युटिङको मूल रूप निर्माण गर्न सिंगल फोटोन सोर्सको उच्च भूमिका र फोटोनिक परिप्रेक्षमा कार्यक्रम बनाउन सकिने विद्युतलाई नियन्त्रण तथा निर्देश गर्ने माइक्रोचिप्स र ट्रान्जिस्टरहरू (इलेक्ट्रोनिक) विधिलाई उपयोग गरिरहेका छन् । परीक्षणले यो मूल रूपको (प्रोटोटाइप) स्याम्पलिङ दर अन्तर्राष्ट्रिय रूपमा उपलब्ध प्रतिस्पर्धी मेसिनहरूको तुलनामा कम्तीमा २४ हजार गुणा तीव्र गतिमा चल्ने दर्साएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

 अन्तरिक्षबाट हुने क्वान्टम संवादहरूको चोरी हुन सक्दैनन् । यो क्वान्टम भौतिकीको क्षेत्रमा आश्चर्यचकित पार्ने खालको अन्तर्दृष्टि हो । यसको प्रयोग भोलीको विश्वले कुन रूपमा गर्छ भन्ने कुरा भने प्रतीक्षाको विषय हो । ठिक यही बेला मूलरूपको क्वान्टम कम्प्युटिङ मेसिन पहिलो इलेक्ट्रोनिक कम्प्युटरको (इएनआइएसी) र पहिलो ट्रान्जिस्टर कम्प्युटर (टीआरएडीआईसी) तुलनामा १० देखि १०० गुणा तीव्रगतिमा काम गर्छ ।

यो नयाँ प्रविधिको महत्व बुझ्दै भारत सरकारले गत वर्ष यस प्रविधिको विकासका लागि बजेटमा ८ हजार करोड रुपैयाँको व्यवस्था गरेको थियो ।

यसपछि यस वर्षको अगस्टको अन्तिम साता भारत सरकारले क्वान्टम सिमुलेटर क्यूसिम लन्च गर्यो । जसको माध्यमबाट वैज्ञानिक र उद्यमीहरूलाई यस क्षेत्रमा अनुसन्धान गर्न सजिलो बनाइएको थियो।

भारतबाहेक अन्य देशले पनि भविष्यलाई नयाँ दिशा दिन यो प्रविधिमा लगानी गरिरहेका छन् । अमेरिकी सरकारले २०१८ मा नेशनल क्वान्टम इनिसिएटिभ ऐन लागू ग¥यो र यसका लागि १.२ बिलियन डलरको व्यवस्था गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीले १३ औं पञ्चवर्षीय योजनामा क्वान्टम सञ्चारलाई रणनीतिक रूपमा महत्वपूर्ण उद्योगहरूको रूपमा समावेश गर्यो । 

बेलायतले सन् २०१३ मा यसका लागि राष्ट्रिय रणनीति बनाएको थियो। २०१६ मा, क्यानाडाले यस प्रविधिमा ५० मिलियन क्यानेडियन डलर लगानी गर्ने घोषणा ग¥यो । यसका अलावा जर्मनी, फ्रान्स, दक्षिणकोरिया, रुस, जापान र गुगल, अमेजन, माइक्रोसफ्ट जस्ता कम्पनीले पनि यो प्रविधिमा लगानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस