aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ मंसिर २०७८
कोरोना संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २०५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०० जना र एन्टिजन परिक्षण गर्दा ५ जना गरि जम्मा २०५ जना नयाँ संक्रमित थपिएका हुन् ।      

त्यस्तै, पछिल्लो २४ घण्टामा ४३६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४१ रहेको छ ।      

पछिल्लो २४ घण्टामा १० हजार ७४७ जनाको कोरोना परिक्षण गरेका थिए भने ५७ हजार ९३० जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस