aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० मंसिर २०७८
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाडौं । नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्यत तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मलेन गर्दै नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको जनाएको हो ।  

स्वास्थ्य मन्त्रालयका अनुसार ६६ वर्षाीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । संक्रमितले दुई मात्रा खोप लगाएका थिए । साथै उनीहरुको पिसीआर रिपोर्ट पनि नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।   

मन्त्रालय भन्छ– मङ्सिर ३ गते नया भेरिएन्ट पुष्टि भएको देश हुँदै एक ६६ बर्षीय बिदेशी नागरिक नेपालको त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउदा नियमानुसार PCR रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । वहाँसँग नजिकको सम्पर्कमा आएका एक ७१ बर्षिय व्यक्ति र स्वयं आफैलाई मंशिर ७ गते कोभिड-१९ संग मिल्दाजुल्दा लक्षणहरु देखिए पश्चात परिक्षण गर्दा कोभिड-१९ को नतिजा पोजिटिभ आएको थियो । COVID-१९ परीक्षणमा पोजिटिभ आएकाहरुको S-gene परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा S-gene फेला परेको थिएन (S-gene Target failure) । S-gene फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ( NPHL) मा gene sequencing गर्दा मिति २०७८ मङ्सिर १९ गते राति COVID-१९ को नयाँ भेरिएन्ट Omicron नेपालमा पहिलो पटक पुष्टि भएको छ ।

हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहेको मन्त्रालयले जनाएको छ । हाल उनीहरुमा कुनै लक्षणहरु देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार उक्त दुई व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको PCR परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस