aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना अपडेटः थप २६५ जनामा संक्रमण दुई जनाको मुत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० मंसिर २०७८
कोरोना अपडेटः थप २६५ जनामा संक्रमण दुई जनाको मुत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २६५ जना नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको मुत्युु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३८ जना र एन्टिजन परिक्षण गर्दा २७ जना गरि जम्मा २६५ जना नयाँ संक्रमित थपिएका हुन् ।      

त्यस्तै, पछिल्लो २४ घण्टामा ३५७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७।.७प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या दुई रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४३ रहेको छ ।    

पछिल्लो २४ घण्टामा ८ हजार ६१७ जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख ६ हजार ६१० जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ ।          

प्रतिक्रिया दिनुहोस