
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३१५ जना नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको मुत्युु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २७२ जना र एन्टिजन परिक्षण गर्दा ४३ जना गरि जम्मा ३१५ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या दुई रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ८१० जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख २७ हजार ७५३ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस