aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

वैज्ञानिकहरुले ओमिक्रोन र डेल्टाको तुलनात्मक अध्ययन बाहिर ल्याए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
वैज्ञानिकहरुले ओमिक्रोन र डेल्टाको तुलनात्मक अध्ययन बाहिर ल्याए

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा लगायतका अन्य भेरियन्टभन्दा बढी संक्रामक हुने अनुमान गरिएको छ । यस प्रकारको द्रुत संक्रमणको मुख्य कारण यसको असामान्य रूपले उत्परिवर्तित रूप नै भएको वैज्ञानिकहरुले बताएका छन । दक्षिण अफ्रिकामा, ओमिक्रोनले धेरै छोटो समयमा डेल्टालाई प्रतिस्थापन गर्यो ।

 यसमा धेरै उत्परिवर्तनले पुनः संक्रमण हुन सक्ने अध्ययनबाट आएको छ ।  यसको धेरै उत्परिवर्तनका क्षमताका कारण पुनः संक्रमण पनि हुन सक्ने सम्भावना धेरै रहेको देखिएको छ । तथ्यांकका अनुसार यो भेरियन्टका कारण विश्वभर नै यो डेल्टाभन्दा खतरनाक नहुने अनुमान गरिएको छ ।

दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरूका अनुसार ओमिक्रोनको फैलावट, यसको रोग प्रतिरोधात्मक क्षमता र लक्षणहरूसँग सम्बन्धित धेरै जानकारी मानिसहरूलाई दिइएको छ । यद्यपि, अझै पनि यस्ता धेरै प्रश्नहरू छन् जसको जवाफ वैज्ञानिकहरूले खोजिरहेका छन् । दक्षिण अफ्रिकी सेन्टर फर एपिडेमियोलोजिकल मोडलिङ एण्ड एनालिसिसका निर्देशक जुलिएट पुलियम भन्छिन्, ‘यो संत्रलमण दर डेल्टाभन्दा धेरै छिटो छ र अहिलेसम्म हामीले डेल्टा सबैभन्दा छिटो छाल हो भन्ने सोचेका थियौं । 

ओमिक्रोन भेरियन्टको पुनः संक्रमण डेल्टा र बेटाको तुलनामा दक्षिण अफ्रिकामा बढी भएको पत्ता लगाएको छ । “जनसंख्या–स्तर प्रमाणले सुझाव दिन्छ भने ओमिक्रोन भेरियन्ट बीटा वा डेल्टा भेरियन्टहरूको तुलनामा प्रतिरक्षा बनाउनका लागि पर्याप्त क्षमता अवश्यक छ ।’ उनले भनिन, ओमिक्रोसँग ६० उत्परिवर्तनहरू छन् जुन पहिले कुनै पनि भेरियन्टहरूमा देखिएका छैनन् । जीनोम सिक्वेन्सिङबाट प्राप्त डाटाका अनुसार म्युटेशनहरूमध्ये लगभग ३० कोशिकाहरूमा बाध्यकारी हुने गरेको तथ्य बाहिर आएको छ । वैज्ञानिकहरू भन्छन्, धेरै उत्परिवर्तनले खोप लगाएका मानिसहरूमा पनि प्रतिरोधात्मक क्षमता घटाउन सक्ने उनीहरु बताउँछन ।

युनिभर्सिटी अफ वाशिंगटनको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनका निर्देशक क्रिस्टोफर जेएल मरे भन्छन्, ’पहिलेको संक्रमण जुन ठाउँहरूमा फैलिएको थियो, किनकि त्यहाँ यो धेरै महत्वपूर्ण हुनेछन । उदाहरणका लागि, डेल्टा भारतमा फैलिएको छ वा ल्याटिन अमेरिकाका भागहरूमा फैलिएको छ भने त्यस स्थानका जनताको भिन्नता र  संवेदनशील जनसंख्या भएका ठाउँहरू हुन् जुन अब ओमिक्रोनबाट संक्रमित हुन सक्छन । केहि क्रस–भ्यारिएन्टहरू विरुद्ध सुरक्षाको अपेक्षा गर्न सकिन्छ ।  तर, यो डेल्टा भन्दा कम संक्रामक छ वा धेरै थाहा छैन अझै भन्न सकिँदैन । स्यासीमाद्वारा गरिएको नयाँ अध्ययनले यस्तो देखाएको छ । 

स्यासीमाद्वारा गरिएको नयाँ अध्ययनले पहिले नै संक्रमित भइसकेका मानिसहरूलाई पुनः संक्रमित गर्न सक्छ सक्दैन भन्ने भन्न गाह्रो हुने बताएको छ । एम्सका पूर्व प्राध्यापक तथा पल्मोनरी विभागका प्रमुख जीसी खिल्नानीले भने, ‘दक्षिण अफ्रिकामा ४० प्रतिशत जनसंख्या पहिले नै कोभिड र संक्रमणबाट ग्रसित छन् । र ३६ प्रतिशतले खोप पाएका छन् । यसका बावजुद ओमिक्रोन त्यहाँ द्रुत गतिमा फैलिरहेको छ ।  वैज्ञानिकहरू र स्वास्थ्य अधिकारीहरूले अझै पनि ओमिक्रोनको डेटाको मूल्याङ्कन गरिरहेका छन् र यसको उत्परिवर्तनलाई सकेसम्म बुझ्ने प्रयास गरिरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस