aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

यी हुन् ओमिक्रोन भेरियन्ट सम्बन्धी जान्नै पर्ने कुरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
यी हुन् ओमिक्रोन भेरियन्ट सम्बन्धी जान्नै पर्ने कुरा

काठमाडौं । ओमिक्रोन भेरियन्ट कोरोना भाइरसको सबैभन्दा पछिल्लो भेरियन्ट हो । यो भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पुष्टि भएको थियो भने अहिले यो भेरियन्ट नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ । 

के ओमिक्रोन भेरियन्ट पहिलेको डेल्टा भेरियन्ट भन्दा बढी संक्रामक छ ? 
यो भेरियन्ट देखा परेको दक्षिण अफ्रिका तथा अन्य मुलुकहरुमा संक्रमण दर ह्वात्तै बढेको छ । तर, यो ओमिक्रोन भेरियन्ट कतिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन । र, यसबारे थप अध्ययन पनि भइरहेको छ ।  

के कोरोना भाइरस विरुद्धका खोपहरु ओमिक्रोन भेरियन्ट विरुद्ध पनि प्रभावकारी छन् ?
ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टका रुपमा देखा परेको छ । हाल वितरण भइरहेको कोरोना विरुद्धको खोपहरु यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरु अध्ययन गरिरहेका छन् । अहिलेसम्म ठोस तथ्य पत्ता लागिसकेको छैन ।  

पहिले कोरोना संक्रमण भइसकेकालाई ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ ? 
सक्छ । पहिले कोरोना भाइरसको संक्रमण भइसकेकालाई समेत फेरि ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ । 

यसबाट बच्न के गर्ने ?  
कोरोना भाइरसका अन्य भेरियन्ट जस्तै ओमिक्रोन भेरियन्ट संक्रमणबाट बच्न पनि मास्कको सहि प्रयोग गर्ने, भौतिक दुरिको कायम गर्ने, बेला बेलामा साबुन पानीले हात धुने वा सेनिटाईजरको प्रयोग गर्ने, भिडभाड नगर्ने, हावा आवतजावत गर्ने स्थानमा बस्ने लगायत जनस्वास्थ्यका मापदण्डहरुको कडाईपूर्वक पालना गर्नु पर्छ ।  

प्रतिक्रिया दिनुहोस