aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप २८० जनामा कोरोना संक्रमण हुँदा ३६६ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
थप २८० जनामा कोरोना संक्रमण हुँदा ३६६ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २८० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २५५ जना र एन्टिजन परिक्षण गर्दा २५ जना गरि जम्मा २८० जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा ३६६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४१ रहेको छ ।   

पछिल्लो २४ घण्टामा १० हजार ७४७ जनाको कोरोना परिक्षण गरेका थिए भने २ लाख ८३ हजार १३२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ६ हजार २३९ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस