
एजेन्सी । एजेन्सी । मेटा (फेसबुक)ले भारतमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । फेसबुकका लागि भारत विश्वको सबैभन्दा ठूलो बजार हो। यहाँ फेसबुक चलाउने ३४ करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन्। यही कारण कम्पनीले यहाँ आफ्नो उपस्थिति बलियो बनाउनका लागि कार्यालय खोेलेको हो । कम्पनीले भारतको गुरुग्राममा नयाँ कार्यालय सुरु गरेको छ । यो एशियामा नै मेटाको पहिलो स्ट्यान्डअलोन कार्यालय हो।
मेटाको नयाँ कार्यालय ६ तलाको छ र १३०,००० वर्ग फिटमा फैलिएको छ। यो भारतमा कम्पनीको नयाँ मुख्य कार्यालय पनि हो। यसमा खुला फ्लोर र अधूरा लुक छ। कार्यालयको छत खुल्ला राखिएको छ । फेसबुकले सन् २०१० मा हैदराबादमा आफ्नो पहिलो कार्यालय खोलेको थियो।
कार्यालय बाहिरको सिसामा नमस्ते लेखिएको छ । भित्र उन्नत र कार्यात्मक फर्नीचर तयार गरिएको छ। यसैगरी कार्यालयलाई ब्राइट रेड, डार्क ब्लू र मस्टर्ड टेपेस्ट्रीले सजाइएको छ । भित्र सेतो बोर्ड जस्ता पर्खाल तयार पारिएको छ। जहाँ मनमा चलिरहेको कुरा लेख्न सकिन्छ ।
यहाँ स्टुडियो, इभेन्ट सेन्टर, ग्रीन रुम समेत तयार पारिएको छ ।फेसबुक इन्डिया (मेटा) का उपाध्यक्ष तथा प्रबन्ध निर्देशक अजित मोहनले यस नयाँ कार्यालयमा देशकै ठूलो टोलीले काम गर्ने बताए । यो कार्यालय परिवर्तन ल्याउन काम गर्ने जो कोहीको लागि खुला छ। यहाँ २ करोड साना व्यवसाय र २ लाख ५० हजार क्रियटर्सलाई तालिम दिइनेछ।
प्रतिक्रिया दिनुहोस