
एजेन्सी । कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टका केसहरू तीव्र गतिमा बढिरहेका छन् । यसैबीच, दक्षिण अफ्रिकाको ओमिक्रोन इपिसेन्टरमा रहेको ठूलो अस्पतालको प्रारम्भिक तथ्यांकले कोभिड–१९ संमितको संख्या बढेको देखाएको छ । तर, बिरामीहरूलाई गम्भीर चिकित्सा सहायताको आवश्यकता नभएको बताइएको छ ।
प्रिटोरियाको स्टिभ बिको र श्व्ने जिल्ला अस्पतालले नोभेम्बर १४ र २९ बीचमा १६६ नयाँ केसहरू रिपोर्ट आएका छन । जसमध्ये ४२ बिरामीहरू अझै पनि वार्डमा भर्ना छन्। दक्षिण अफ्रिकी मेडिकल रिसर्च काउन्सिल र स्टिभ बिको अस्पतालका संक्रामक रोग डाक्टर फरीद अब्दुल्लाले यी बिरामीहरूमा देखिएका लक्षण र उनीहरूको अवस्थालाई नजिकबाट नियालेका छन्।
नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजले इपिसेन्टरमा रहेका सबै नयाँ केसहरू ओमिक्रोन भेरियन्टका भएको पुष्टि गरेको थियो। यद्यपि, डा. अब्दुल्ला र उनको टोलीले संक्रमणका सबै नयाँ केसहरू ओमिक्रोन भेरियन्टका हुन् भन्ने प्रमाण संकलन गर्न बाँकी रहेको जनाएको छन । डा अब्दुल्लाले भने, तर अझै तार्किक निष्कर्ष निकाल्न सकिन्छ कि यस डाटासँग सम्बन्धित केसहरू नयाँ संस्करणको संक्रमण हुन सक्छ ।
रिपोर्टका अनुसार कोभिड–१९ वार्डमा भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजन आवश्यक नपेरको देखिएको छ । जसरी अघिल्लो लहरमा देखियो । २ डिसेम्बरमा कुल ३८ जना बिरामी भर्ना भएका थिए। यी ३८ वयस्कमध्ये ६ जनालाई खोप लगाइएको थिए । २४ जनालाई खोप लगाइएको थिएनन र ८ जनालाई पूर्ण रूपमा खोप लगाइएको थियो भने एक जनालाई मात्रै अक्सिजन लगाइएको थियो ।
कोभिड वार्डमा भर्ना भएका बिरामीमध्ये करिब १९ प्रतिशत ९ वर्षभन्दा माथिका बालबालिका थिए । जबकि २८ प्रतिशत बिरामी ३० देखि ३९ वर्षका बीचका थिए । कोविड वार्डको रिपोर्ट अनुसार यहाँ विगत दुई हप्तामा कुनै पनि बिरामीको मृत्यु भएको छैन । गत १८ महिनामा कुल मृत्यु हुनेमा बालबालिका भर्ना हुने औसत समय २.८ देखि ८.५ दिन रहेको छ । यहाँ हालसम्म १० जनाको मृत्यु भइसकेको छ । यद्यपि, यी ओमिक्रोनसँग जोडिएका छैनन्।
यद्यपि, यी ओमिक्रोनसँग जोडिएका छैनन् । मृत्यु हुनेको संख्या पनि बढ्न सक्छ । अबको दुई हप्तामा कुरा धेरै स्पष्ट हुनेछ ।
प्रतिक्रिया दिनुहोस