aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

काठमाडौंका यी ११ स्थानमा खोप लगाईदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
काठमाडौंका यी ११ स्थानमा खोप लगाईदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खाप लगाउन आग्रह गरेको छ । मन्त्रालयले बिहिबार एक सूचना जारी गर्दै खोप लगाउन आग्रह गरेको हो । 

सूचनामा भनिएको छ– कोरोना भाइरसको जोखिम कम गर्नका लागि कोभिड–१९ विरुद्धको खोप नलगाई हुँदैन । त्यसैले १८ वर्ष भनदा माथीका खोप नलगाएका सबै जनाले जतिसक्दो छिटो तोकिएको खोप केन्द्रमा गएर खोप लगाऔँ ।  

यी हुन् खोप सञ्चालन हुने अस्पताल तथा स्थान  
खोप केन्द्रहरु सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र स्रनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध रहेको छ । 

त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वयोधा अस्पताल बल्खु, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती कर्मचारी अस्पताल मिनभवन र एपेक्स पोलीक्लिनक जडिबुटीमा गएर खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

May be an image of text


 

प्रतिक्रिया दिनुहोस