
एजेन्सी । जर्मनीमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड भ्याक्सिनको डोज दिन सकिने बताएको छ । जर्मनीको खोप सल्लाहकार आयोगले बिहीबार आफ्नो सरकारलाई फाइजर बायोनटेकको कोभिड भ्याक्सिन सिफारिस गरेको छ।
विश्वभर फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका बालबालिकामा पर्ने असरलाई ध्यानमा राख्दै आयोगले यस्तो सिफारिस गरेको हो । फाइजर(बायोनटेकका अनुसार ओमिक्रोनलाई यस खोपको तीन डोजले पराजित गर्न सकिने बताएको छ। एक अध्ययनपछि कम्पनीले यस्तो दाबी गरेको हो ।
प्रतिक्रिया दिनुहोस