
काठमाडौं । अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै 'फ्लेभर्स अफ कस्मिरु' (कस्मिरको स्वाद) फुड फेस्टिभलको आयोजना नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरेका छन् ।
भारतिय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडवील एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै यो फुड फेस्टिभल आयोजना गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए ।
टाटा मोटर्सद्वारा प्रायोजित फेस्टिभल अलफ्टमा १० दिन सम्म अर्थात् पुस ४ गते सम्म दैनिक साँझ साँढे छ बजेदेखि साँढे दस बजे सम्म चल्नेछ । वेलकम डिङ्क्स सहित खानाको प्रतीब्यक्ती कर बाहेक दुइहजार पाँच सय लाग्ने बताइएको छ ।
फेस्टिभलको अवधिभर कास्मिरको विभिन्न परिकारहरू केही पुरानो शैली र नयाँ प्रस्तुतीको मिश्रण सहित उपलब्ध हुनेछ । शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध हुने यो फेस्टिभल अलफ्ट अल(डे डाइनिङ ुनुकु मा उपलब्ध हुनेछ ।
प्राकृतिक सौन्दर्य मात्र नभई विभिन्न परिकारहरूको धनी कस्मिरको स्वाद नेपालमा चिनाउन पाउदा आफू निकै उत्साहित भएको सिंहले बताए । ुविश्वका विभिन्न फुड फेस्टिभल लगायत ठूला(ठूला राज्य सभाहरूको लागि मेनु तयार गर्नको लागि सेफ राइना चर्चित छन् । उनैको यो अनुभवलाई लिएर काठमाडौंमा गरिने फ्लेभर्स अफ कस्मिर फेस्टिभल हाम्रो फुड फेस्टिभलको एउटा अंश हो । आउने दिनहरूमा हामी यसरी नै स्पेनिश, टर्किश लगायत अन्य अन्तर्राष्ट्रिय परिकारहरू पनि अलफ्टमा प्रस्तुत गरेका छौं,ु सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस