aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

९ सय कर्मचारी निकाल्ने निर्णय गर्ने अमरिकी आइटी कम्पनीका सिईओलाई बोर्डले कारबाही गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ मंसिर २०७८
९ सय कर्मचारी निकाल्ने निर्णय गर्ने अमरिकी आइटी कम्पनीका सिईओलाई बोर्डले कारबाही गर्यो

एजेन्सी । जुम कलबाट ९०० जनालाई बर्खास्त गर्ने बेटरडटकमका प्रमुख कार्यकारी अधिकृत विशाल गर्गलाई कम्पनीले बिदामा पठाएको छ । एक रिपोर्ट अनुसार, मुख्य वित्तीय अधिकारी केभिन रायनले अब कम्पनीको दैनिक निर्णयहरू लिने र बोर्डलाई रिपोर्ट गर्नेछ।

कम्पनीको सञ्चालक समितिले नेतृत्व र सांस्कृतिक मूल्याङ्कनका लागि तेस्रो पक्ष स्वतन्त्र फर्म नियुक्त गरेको छ । तर, कम्पनीले यस विषयमा केही बोल्न अस्वीकार गरेको छ ।

यसअघि विशाल गर्गले जुम कलमार्फत ९०० जनालाई निकालेकोमा माफी मागेका थिए । उनले पत्र लेखेर कर्मचारीसँग आफ्नो व्यवहारको लागि माफी मागेका छन् । उक्त पत्रमा विशाल गर्गले आफ्नो गल्ती स्वीकार गर्दै आफ्नो तरिका गलत भएको र आफूले ठूलो गल्ती गरेको बताए ।

न्यूयोर्कको बेटर डट कम कम्पनीका सीईओ विशाल गर्गले एकै झट्कामा ९०० जनालाई बर्खास्त गरेका छन् । यो निर्णय गर्न उनलाई तीन मिनेट मात्र लाग्यो। डिसेम्बर १ मा गर्गले कम्पनीका कर्मचारीहरूको जुम बैठक बोलाएका थिए। यसमा कर्मचारीलाई काममा नआउन आग्रह गरिएको छ । 

बर्खास्त गरिएका कर्मचारीहरू कुल कर्मचारीको १५ प्रतिशत थिए। यसको मुख्यालय न्यूयोर्कमा छ। यो एक अनलाइन प्लेटफर्म हो जसले मानिसहरूलाई धितो ऋण र बीमा उत्पादनहरू प्रदान गर्ने काम गर्दछ।

प्रतिक्रिया दिनुहोस