
काठमाडौं, वैशाख १० । ई–सेवाले रिफर एन्ड अर्न अफर ल्याएको छ । नगदरहित समाज निर्माणको लागि आफू पनि डिजिटल सेवा प्रयोग गरौं र अरुलाई पनि प्रोत्साहन गरांै भन्ने अभियानअन्तर्गत ई–सेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्वजनिक गरेको जनाएको छ ।
यो अफरअन्तर्गत ई–सेवा चलाउन सिकाएवापत प्रतिग्राहक ३० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिन्छ । यसमा परिवारका सदस्य, साथीभाइ तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरलाई ई–सेवा चलाउन सिकाउन सकिनेछ ।
ई–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एन्ड अर्न अफर शुरु गरेको बताए । उनले भने–‘ डिजिटल नेपाल निर्माणका लागि सबै निकायले जोड दिइरहेका बेला हामीले पनि ई–सेवामार्फत यो अभियानलाई सार्थक बनाउन रिफर अफर सञ्चालन गरेका हौं।’
ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । मोबाइल एप्स्बाट मात्र ई–सेवामार्फत कारोबार गर्नेहरू १० लाखभन्दा बढी पुगेका छन् । यस्तै देशभर रहेका जोन, प्वान्इन्ट तथा मोबाइल बैंकिङमार्फत ७५ लाख बढीले ई–सेवाका सेवा लिइरहेको र देशभर करिब ५० हजार एजेन्ट रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस