aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ओमिक्रोन भेरियन्टको ठूलो असर चीनमा, ९ वटा कम्पनीले आफ्नो उत्पादन बन्द गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ मंसिर २०७८
ओमिक्रोन भेरियन्टको ठूलो असर चीनमा, ९ वटा कम्पनीले आफ्नो उत्पादन बन्द गरे

एजेन्सी । ओमिक्रोन भेरियन्टलाई लिएर विश्वव्यापी आतंक चलिरहेका बेलामा चीन फेरि लकडाउनको हल्ला चलेको छ । हालैका दिनहरूमा चीनका केही भागहरूमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको छ र नयाँ संक्रमितहरू लगातार बढिरहेका छन् । यसको त्रासले त्यहाका एक दर्जनभन्दा बढी कम्पनीहरूले चीनको पूर्वी प्रान्त झेजियाङमा आफ्ना उत्पादन बन्द गरेका छन् । 

सरकारी तथ्यांकअनुसार डिसेम्बर ६ देखि १२ सम्म स्थानीय तहमा संक्रमण देखिएको झेजियाङमा १ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मात्रै चीनमा स्थानीय संक्रमणका ८० नयाँ घटनाहरू रिपोर्ट गरिएका थिए जसमध्ये झेजियाङमा मात्रै ७४ जनामा संक्रमण देखिएको थियो ।

रोयटर्सको रिपोर्टका अनुसार यी कम्पनीहरूमा प्लास्टिक उत्पादनहरू निङ्बो होमलिंक इको–इटेक कम्पनी लिमिटेडले पनि उत्पादन  बन्द गरेको छ । झेजिआङ जिङसेङ मेकानिकल र इलेक्ट्रिकल कम्पनी लिमिटेड, झेजिङ फेङलोङ इलेक्ट्रिक कम्पनी लिमिटेड, झेजिङ चोङहु झेजिङ फेङलोङ इलेक्ट्रिक कम्पनी लिमिटेड,झेजिङ चुङहुआइ कम्पनी लिमिटेड र झेजिङ योङकोङ कम्पनीले आफ्ना उत्पादन बन्द गरेका छन् । 

यी सबै कम्पनीले आ–आफ्ना कारखानामा काम रोकेको स्टक एक्सचेन्जलाई पनि बताएका छन । कोरोनाका कारण चीनमा पहिलो पटक लकडाउन गरिएको थियो । अब ओमिक्रोन भेरियन्ट बाहिर आएपछि  धेरै देशहरू फेरि प्रतिबन्ध लाग्ने डर भइरहेका बेलामा चीनमा यस्तो स्थिति देखिएको छ । चीनमा गुगल र एप्पल जस्ता ठूला कम्पनीहरूले अफिस खोल्ने योजना स्थगित गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस