aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ओमिक्रोन विरुद्ध कुन खोप कति प्रभावकारी भइरहेको छ :  एक अध्ययन रिपोर्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ मंसिर २०७८
ओमिक्रोन विरुद्ध कुन खोप कति प्रभावकारी भइरहेको छ :  एक अध्ययन रिपोर्ट

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका लागि खोप प्रभावहीन हुनसक्ने विज्ञहरुले बताएका छन । भ्याक्सिन कम्पनीहरूले भ्याक्सिनमा परिवर्तन गरिरहँदा अर्कोतिर बुस्टर डोज दिने चर्चा चलिरहेको छ । बेलायतले बढ्दो कोरोना केसहरूबीच डिसेम्बरसम्म १८ बर्ष भन्दा माथिका सबै व्यक्तिहरूलाई बुस्टर डोज दिने निर्णय गरेको छ ।

अक्सफोर्ड युनिभर्सिटीले आफ्नो प्रि–प्रिन्ट अध्ययनमा फाइजर र मोडर्नाका खोपहरू ओमिक्रोन विरुद्ध कम प्रभावकारी भएको बताएको छ । यस अध्ययनमा खोपको दोस्रो डोज लिएका मानिसहरूमा २८ दिन पछि एन्टिबडीको स्तर जाँच गरेका थिए ।  अध्ययनमा संलग्न धेरै व्यक्तिहरूमा एन्टिबडीको स्तर यति कम देखियो ओमिक्रोन भाइरस रोक्नको लागि प्रभावकारी छैन ।

यसले पूर्ण खोप लगाएका व्यक्तिहरूमा पनि संक्रमणको जोखिम बढाउने खतरा बढेको छ । जसले गर्दा ओमिक्रोनका केसहरू बढ्न सक्ने चिन्ता बढेको छ । अध्ययनमा संलग्न गेभिन स्क्रिटेन भन्छन्, ‘अध्ययनको नतिजाले बूस्टर डोजका लागि योग्य व्यक्तिहरूले जतिसक्दो चाँडो  खोप लिनुपर्छ भन्ने देखाउँछ ।

गत हप्ता जारी गरिएको बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीको रिपोर्ट अनुसार ओमिक्रोन विरुद्धको खोपको दुई डोज डेल्टा भन्दा कम प्रभावकारी देखिएका छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले अमेरिकामा पाइने ४३ ओमिक्रोन बिरामीहरूको विश्लेषण गरेको छ । तीमध्ये ३४ जना बिरामी छन् । जसले खोपको दुवै डोज पाएका छन । यसपछि ओमिक्रोनका कारण खोपको प्रभावकारिता घटेको आशंका गरिएको छ ।

युके हेल्थ सेक्युरिटी एजेन्सीले आफ्नो अनुसन्धानमा मोडेर्ना र फाइजर भ्याक्सिनले बूस्टर डोज लिएपछि ७० देखि ७५ प्रतिशत प्रतिरोधात्मक क्षमता प्रदान गर्ने बताएको छ । यद्यपि, ओमिक्रोनले कसरी गम्भीर लक्षणहरू बढाउँछ भन्ने बारे थप अध्ययनहरू गर्न बाँकी रहेका छ ।  तर यो बाँकी भेरियन्टहरू भन्दा बढी हुने सम्भावना छ ।

इजरायलको शेबा मेडिकल सेन्टर र सेन्ट्रल भाइरोलोजी प्रयोगशालाले बूस्टर डोजको प्रभावकारिताबारे ४० जनामा अध्ययन गरेको थियो । जसमध्ये २० जनाले ५–६ महिनाअघि दोस्रो डोज लिएका थिए । भने बाँकी २० जनाले एक महिनाअघि बुस्टर डोज लिएका थिए । अध्ययनले ५–६ महिनाअघि खोप लगाइएका मानिसमा ओमिक्रोन विरुद्धको प्रतिरोध क्षमता कम भएको देखाएको छ । जसलाई बुस्टर डोज दिकामा  उनीहरुमा ओमिक्रोन विरुद्ध लड्ने एन्टिबडी बढी रहेको पाइएको थियो ।

बूस्टर डोजको प्रभावकारिताको बारेमा इजरायलमा एक अध्ययन गरिएको थियो । ७.२८ लाख मानिसमा गरिएको यस अध्ययनमा खोपको बुस्टर डोज कोरोनाका कारण अस्पताल भर्ना हुनबाट जोगाउन ९३ प्रतिशत बिरामीमा प्रभावकारी रहेको खुलासा भएको छ । यो कोरोनाका गम्भीर लक्षणहरू रोक्न पनि ९२ प्रतिशत प्रभावकारी छ ।

खोपको दुवै डोजको ५–६ महिनापछि एन्टिबडीको स्तर कम हुन थाल्ने अध्ययनबाट देखिएको छ । इङ्गल्याण्डमा फाइजर भ्याक्सिनको प्रभावकारितामा गरिएको एक अध्ययनले दोस्रो डोजपछि २ हप्तासम्म संक्रमण रोक्न खोप ९० प्रतिशत प्रभावकारी रहेको देखाएको छ । तर, ५ महिनापछि मात्र ७० प्रतिशत प्रभावकारी भएको देखाएको छ । 

फाइजरका सीईओ अल्बर्ट बोर्लाले नयाँ भेरियन्टको खबर सुनेपछि  उत्पादन क्षमता बढाएको बताएका छन । फाइजर मडर्ना दुबैले आफ्नो खोपमा डेल्टा र बिटा भेरियन्टका हिसाबले परिवर्तन गरिरहेका थिए । हाल दुवै कम्पनीले खोपलाई ओमिक्रोनमा रूपान्तरण गर्ने काम गरिरहेका छन् ।

भारतको सीरम इन्स्टिच्युटले आफ्नो खोप कोभिसिल्डलाई बूस्टर डोजको रूपमा दिन स्वीकृति मागेको थियो । वल्र्ड इन डाटाका अनुसार विश्वका ३५ भन्दा बढी देशहरूले आफ्ना नागरिकहरूलाई बुस्टर डोज दिइरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस