aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सस्तो डिलले मनायो दशौँ वार्षिकोत्सव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ मंसिर २०७८
सस्तो डिलले मनायो दशौँ वार्षिकोत्सव

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म सस्तो डिलले आफ्नो दशौँ वार्षिकोत्सव मनाएको छ। काठमाडौंमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै सस्तो डिलले नेपालको इकमर्स क्षेत्रमा आफ्नो दश वर्षको यात्रा मनाएको हो। 

कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्रा रहेका थिए । कार्यक्रममा आफ्ना ग्राहकलाई यस्ता सेवा र सुविधा दिँदै अबको पाँच वर्षमा सस्तो डिललाई नेपालभित्र मात्र नभई संसारभर पुर्याउने योजना रहेको संस्थापकको भनाइ छ।  

सो कार्यक्रमको मुख्य आकर्षण सस्तो डिलको ‘सुपर डे’ अभियानमा परेको थियो। यो अभियान डिसेम्बर १५ देखि सुरु भइरहेको छ । जहाँ कम्पनीले दश हजार उत्पादन र नेपालभर निशुल्क डेलिभरीको अफर ल्याएको छ।

प्रतिक्रिया दिनुहोस