aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप २८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ मंसिर २०७८
थप २८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २८० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २५२ जना र एन्टिजन परिक्षण गर्दा २८ जना गरि जम्मा २८० जना नयाँ संक्रमित थपिएका हुन् ।      

त्यस्तै, पछिल्लो २४ घण्टामा ३०० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ६ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६५ रहेको छ ।  

पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको कोरोना परिक्षण गरेका थिए भने दुई हजार ५२३ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस