aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

वर्ल्डलिंकले भित्र्यायो नेपालकै फास्ट ईन्टरनेट, स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ मंसिर २०७८
वर्ल्डलिंकले भित्र्यायो नेपालकै फास्ट ईन्टरनेट, स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डतिकले जनाएको हो । 

जसमा नोकिया बेकन ३० राउटर प्रयोग हुनेछ । योसंगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् । 

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय १५० एमबिपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउनेछन् । १५० एमबीपीएम सहित २२५ एमबीपीएस र तीन सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस