aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राखेप सदस्य सचिव सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ मंसिर २०७८
राखेप सदस्य सचिव सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज परिषद्का सदस्य सचिव सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । 

सरकारको सिलवाललाई हटाएर टंक घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालत रिट निवेदन दायर गरेका थिए । अदालतले आगामी पुस १२ दुवै पक्षलाई छलफलमा झिकाउने आदेश गरेको छ ।

सर्वोच्च अदालतले यसअघि ओली सरकारले नियुक्ति गरेको तर वर्तमान सरकारले हटाएको नेपाल स्काउटका लोकबहादुर भण्डारी, युवा स्वरोजगार कोषका कल्याण रोक्का र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा कृष्णप्रसाद ओलीलाई पुनर्बहाली गरेको छ । अदालतको आदेशसँगै सदस्य सचिवका रूपमा सिलवाललाई काम गर्न बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस