aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कर्नेल विश्वविद्यालयमा ओमिक्रोन संक्रमण व्यापक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ पुस २०७८
कर्नेल विश्वविद्यालयमा ओमिक्रोन संक्रमण व्यापक

इथाका अमेरिका ।  कर्नेल विश्वविद्यालयले डिसेम्बर ७ देखि १३ सम्म  यहाँका ९०३ विद्यार्थीहरूमा कोभिड(१९  सङ्क्रमण पुष्टि भएको  बताएको छ । विश्वविद्यालयका अधिकारीहरूले ती मध्ये धेरै उच्च प्रतिशतू पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरू छन् र तिनीहरूमा ओमिक्रोन सङ्क्रमण देखिएको छ । 

विश्वविद्यालय सम्बन्धका लागि उपाध्यक्ष जोएल मालिनाले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको लगभग सबै केसहरू पूर्ण रूपमा खोप लगाइएका विद्यार्थीहरूमा फेला परेको  र केहीले बुस्टर शट पनि  लगाएका थिए। विश्वविद्यालयका झण्डै ९७ प्रतिशत विद्यार्थीलाई खोप लगाइएको छ ।

संक्रमण बढ्दै गएपछि विश्वविद्यालयले न्यूयोर्क राज्यको इथाका क्याम्पस बन्द गर्ने घोषणा गरेको छ । अन्तिम सेमेस्टर परीक्षाहरू अनलाइन माध्यमबाट लिइनेछ भने एथलेटिक्स र अन्य गतिविधिहरू स्थगित गरिएको छ  ।  त्यसैगरी पुस्तकालयहरू अर्को आदेश नभएसम्म बन्द गर्न आदेश दिइएको छ। एएनआई

प्रतिक्रिया दिनुहोस