aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप २७४ जनामा कोरोना संक्रमण हुँदा २७० जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
थप २७४ जनामा कोरोना संक्रमण हुँदा २७० जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २७४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६९ जना र एन्टिजन परिक्षण गर्दा ५ जना गरि जम्मा २७४ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टामा २७० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ७० रहेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको कोरोना परिक्षण गरेका थिए भने दुई लाख ६ हजार ५२२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस