
काठमाडौं । त्रिभुवन विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेका नेपाल पर्यटन बोर्ड(एनटिबी)का प्रमुख कार्यकारी अधिकत (सीईओ) डा धनन्जय रेग्मीलाई निलम्बन गरेको छ । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पदीय हैसियतको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरेका हुन् ।
सचिव न्यौपानेले पर्यटन बोर्डको अध्यक्षका हैसियतमा यस्तो निर्णय लिएको जानकारी आफूले पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस