
एजेन्सी । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको डाटा चोरी हुनु सामान्य कुरा भइसक्योे । कहिले ह्वाट्सएप, कहिले फेसबुक र कहिले अन्य सामाजिक अकाउन्टको डाटा लीकको खबर आउँछ । तर, अब तपाईको डाटा चोरी भएमा सामाजिक सञ्जाल कम्पनीहरुले यसको ठूलो मूल्य चुकाउनु पर्ने भएको छ ।
डाटा लीकको सम्बन्धमा सोशल मिडिया कम्पनीहरूमाथि कारवाही गर्ने तयारी भइरहेको छ। व्यक्तिगत डाटा संरक्षणमा भारतमा विधेयक सम्बन्धी संयुक्त संसदीय समितिको प्रतिवेदन बिहीबार राज्यसभा र लोकसभामा पेस गरिएको थियो।
संसदीय समितिले डाटा चुहावट रोक्नका लागि कानूनमा विभिन्न व्यवस्था गर्न सिफारिस गरेको छ । यस अन्तर्गत नियम उल्लङ्घन गरेको खण्डमा अर्थात् डाटा लीक भएमा १५ करोड रुपैयाँसम्म जरिवाना वा कारोबारको ४ प्रतिशत रकम कम्पनीबाट असुल्ने उल्लेख छ । कम्पनीहरूले साना उल्लङ्घनका लागि रु ५ करोड वा ग्लोबल टर्नओभरको २ प्रतिशत हिस्सा तिर्नुपर्नेछ।
गुगल, फेसबुक जस्ता कम्पनीहरु सचेत हुनुपर्छ । यदि सरकारले यी प्रावधानहरूलाई कानूनमा समावेश ग¥यो भने । फेसबुक, इन्स्टाग्राम, गुगल, अमेजन लगायत धेरै कम्पनीहरूले भारतमा डाटाको बारेमा धेरै सतर्क रहनुपर्ने देखिएको छ । पर्सनल डाटा प्रोटेक्शन बिलमा २०१९ का सबै प्रावधानहरू छन्। साथै, यो युरोपेली संघ जनरल डाटा संरक्षण नियमन अन्तर्गत तयार गरिएको छ । यो बिल दुई वर्ष पहिले पूर्व केन्द्रीय मन्त्री रविशंकर प्रसादले डिसेम्बर ११, २०१९ मा लोकसभामा पेश गरेका थिए।
डाटा चुहावटका सम्बन्धमा कम्पनीले ७२ घण्टाभित्र जानकारी दिनुपर्ने हुन्छ । त्यसपछि डाटा प्रोटेक्शन अथोरिटीले डाटा लीक भएको व्यक्तिको नोक्सानको गम्भीरतालाई ध्यानमा राख्नेछ । कुनै कम्पनीले व्यक्तिगत वा बालबालिकाको डाटाको प्रावधान उल्लंघन गरे वा नियम उल्लंघन गरी भारत बाहिर डाटा पठाएमा कारबाही गरिनेछ ।
प्रतिक्रिया दिनुहोस