
काठमाडौं । ६७ मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका देशबाट आएका यात्रुहरुका लागि शुक्रबार मात्र जारी गरेको नयाँ नियम फिर्ता लिएको हो ।
अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । तर, शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।
अध्यागमन विभागका अनुसार शुक्रबार जारी गरेको सूचना फिर्ता लिँदै यसभन्दा पहिला २४ सेम्टेम्बरमा जारी गरिएको सूचना नै अर्को सूचना जारी नभएसम्मलाई लागू हुने छ ।
प्रतिक्रिया दिनुहोस