aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ओमिक्रोन भेरियन्ट ७० भन्दा बढी देशमा पुग्यो, फ्रान्समा पाँचौ लहरको चरणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ पुस २०७८
ओमिक्रोन भेरियन्ट ७० भन्दा बढी देशमा पुग्यो, फ्रान्समा पाँचौ लहरको चरणमा

एजेन्सी । ओमिक्रोन भेरियन्टबाट विश्वभरका सबै देश चिन्तित छन् । हालसम्म यो ७० भन्दा बढी देशमा फैलिसकेको छ । नीति आयोगले बेलायत जस्तै भारतमा पनि कोरोना फैलिए तेस्रो लहरको समयमा दैनिक १४ लाखसम्म केस आउन सक्ने चेतावनी दिएको छ । 

युरोपका अधिकांश देशमा कोरोनाका नयाँ केसले रेकर्ड तोडिरहेका छन् भने ओमिक्रोन अमेरिकाका ३५ भन्दा बढी राज्यमा फैलिसकेको छ । बेलायतमा डिसेम्बर १७ मा ९२ हजारभन्दा बढी केस फेला परेका छन् । जुन एकै दिनमा नयाँ फेला परेको रेकर्ड हो । 

त्यस्तै, फ्रान्समा पाँचौ लहरको कोरोना आउने प्रक्षपण गरिएको छ । फ्रान्समा दैनिक ५० हजारभन्दा बढी कोरोना भाइरसका नयाँ भेरियन्टका विरामी भेटिएका छन् । अहिले तीन हजारभन्दा बढी संक्रमित आइसीयूमा भर्ना भएर उपचार गरिरहेका छन् । 

त्यस्तै, अमेरिकामा दैनिक ३५ हजारभन्दा बढी नयाँ भेरियन्टका विरामी भेटिएका छन् । अमेरिकीका १५ भन्दा बढी राज्यमा नयाँ भेरियन्ट फेला परेको छ । अमेरिकीमा हालसम्म ८ लाखभन्दा बढी मानिस कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस