aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप १८१ जनामा कोरोना संक्रमण हुँदा २८९ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ पुस २०७८
थप १८१ जनामा कोरोना संक्रमण हुँदा २८९ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १३३ जना र एन्टिजन परिक्षण गर्दा ४८ जना गरि जम्मा १८१ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा २८९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ७३ रहेको छ ।    

पछिल्लो २४ घण्टामा ९ हजार ८७२ जनाको कोरोना परिक्षण गरेका थिए भने ९७ हजार २६ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस