aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

९ खेलाडी र १० जना पत्रकारलाई पुरस्कृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ पुस २०७८
९ खेलाडी र १० जना पत्रकारलाई पुरस्कृत

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतिभा सम्मान तथा पत्रकारीता पुरस्कार वितरण गरेको छ । आईतबार मन्त्रालयमै आयोजित विशेष कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ९ खेलाडी तथा १० जना पत्रकारलाई पुरस्कृत गर्नुभएको हो । 

जसमध्ये उसु खेलाडी दिपक हमाल, जुनी राई र सुस्मिता तामाङसहित कराँतेका एलेन श्रेष्ठ र एथलेटिक्सकी पुष्पा भण्डारीलाई प्रतिभा सम्मान प्रदान गरिएको छ । त्यसैगरी, पारा खेलकुदतर्फका केशव थापाले पनि प्रतिभा सम्मान प्राप्त गरेका छन । मन्त्रालयले ६ जना खेलाडीहरुलाई सम्मानपत्रसहित जनही १ लाख नगद पुरस्कार समेत उपलब्ध गराएको छ । 

त्यसैगरी रेफ्रीतर्फ तेक्वान्दोका अशोक खड्का नगद १ लाखसहित प्रतिभा सम्मानबाट पुरस्कृत भएका छन । तेक्वान्दो प्रशिक्षकद्धय संगीना वैद्य र नोर्बु लामालाई पनि उक्त सम्मान प्रदान गरिएको छ । दुबैजनाले सम्मानपत्रसहित जनही नगद ५० हजार प्राप्त गरेका छन ।

यसैबिच लामो समयदेखि विभिन्न संचारमाध्यममा खेलकुद पत्रकारीता गरीरहनुभएका १० जना संचारकर्मीहरुलाई समेत पुरस्कृत गरीएको छ । सात प्रदेशको प्रतिनिधित्व हुने गरी ७ जना र विभिन्न संचारमाध्यममा माध्यममा कार्यरत ३ जना गरी कुल १० जनालाई युवा तथा खेलकुद मन्त्री अथकले नगद राशी तथा प्रमाणपत्र सहित पुरस्कृत गर्नुभएको हो । 

पुरस्कृत हुनेहरुमा प्रदेश नं. १ का नमिन ढकाल, प्रदेश नं. २ का बसन्त खतिवडा, बागमती प्रदेशका कुशल तिमल्सिना, गण्डकी प्रदेशकी सोनिता अर्याल, लुम्बिनी प्रदेशका दिपक न्यौपाने, कर्णाली प्रदेशका रमेश कुमार पाण्डे र सुदुरपश्चिम प्रदेशका विनोद सिंह विष्ट रहेका छन । उनीहरुले सम्मानपत्र सहित जनही २५ हजार नगद प्राप्त गरेका छन ।
 
त्यसैगरी कान्तिपुर दैनिकमा कार्यरत हिमेश रत्न बर्जाचायलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ । उनलाई सम्मानपत्रसहित नगद ५० हजार प्रदान गरिएको छ भने कान्तिपुरकै सन्जु पौडेल र ढोरपाटन दैनिकका विजयी नेपालीलाई समावेशीतर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरीएको छ । दुबैजनाले सम्मानपत्रसहित जनही नगद २५ हजार प्राप्त गरेका छन । 

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोईराला, मन्त्रालयका कर्मचारी तथा बिभिन्न खेलसँग सम्बनिध्त खेलाडी, प्रशिक्षक तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस