
एजेन्सी । अमेरिकामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट पहिलो मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा एक ओमिक्रोन संक्रमितको मृत्यु भएको खबर आएको छ । ती व्यक्तिले कुनै पनि खोप लगाएका नलगाएको त्यहाको स्वास्थ्य विभागले जनाएको छ । मृतकको उमेर ५० देखि ६० वर्षको बीचमा रहेको बताइएको छ ।
अमेरिकामा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार डिसेम्बर ११पछि हप्तामा ओमिक्रोनले ७३.२ प्रतिशत नयाँ कोरोना सक्रमितहरू ओगटेका छन । उत्तरपश्चिम, दक्षिण र मध्यपश्चिमका केही क्षेत्रमा यो संख्या ९० प्रतिशतभन्दा माथि पुगेको छ ।
अमेरिकाको हालको राष्ट्रिय संक्रमण दरले गत हप्ता अमेरिकामा ६५०m००० भन्दा बढी ओमिक्रोन केसहरू फेला परेका छन् । ओमिक्रोनका धेरै केसहरू वाशिंगटन, ओरेगन, इडाहो र अलास्कामा फेला परेका छन्।
यसैबीच, ह्वाइट हाउसले पूर्ण खोप र बुस्टर डोज लगाएका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको बताएको छ । तीन दिन अघि लगभग ३० मिनेट अमेरिकी राष्ट्रपछि जो बाइडेनको वरिपरि रहेको थियो । हालसम्म बाइडेनको रिपोर्ट नेगेटिभ आएको छ ।
ओमिक्रोनका कारण अमेरिकामा कोरोना संक्रमितको संख्या निकै तीव्र गतिमा बढेको छ । यसैलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा प्रतिबन्ध थपिएको छ । यद्यपि राष्ट्रपति जो बाइडेनले हाल लकडाउन भने लगाउने तयारी गरिरहेका छैनन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले कोरोना उन्मूलनका लागि हालको प्रयासलाई दोब्बर बनाउन अपिल गरेका छन् । उनले क्रिसमस र नयाँ वर्षको उत्सव रद्द गर्न सल्लाह दिए ।
प्रतिक्रिया दिनुहोस