aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

भारतद्वारा २० वटा पाकिस्तानी युट्यव च्यानल ब्लक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ पुस २०७८
भारतद्वारा २० वटा पाकिस्तानी युट्यव च्यानल ब्लक

एजेन्सी । भारतविरुद्ध पाकिस्तानले नियोजित प्रचार गराएको भन्दै २० वटा युट्यव च्यानल बन्द गराएको छ । भारतको सूचना तथा प्रसारण मन्त्रालयले बन्द गरेको हो । भारत विरोधी प्रचार गर्ने दुई वेबसाइट विरुद्ध पनि कारबाही गरिएको छ ।

सूचना तथा प्रसारण मन्त्रालयले छुट्टाछुट्टै आदेशमा २० च्यानललाई कारबाही गर्न युट्युबलाई निर्देशन दिएको छ । यस बाहेक डटले इन्टरनेट सेवा प्रदायकहरूलाई भारत विरोधी अभियानको प्रचार गर्ने दुई वेबसाइटहरू ब्लक गर्न आदेश दिएको छ ।

 निकाय र सूचना तथा प्रसारण मन्त्रालयबीचको समन्वयमा यो अपरेशन गरिएको हो । देशमा रोक लगाइएका युट्युब च्यानल र वेबसाइटहरू पाकिस्तान बाहिर सञ्चालन हुने योजनाबद्ध प्रचार नेटवर्कसँग सम्बन्धित रहेको भारतले आरोप लगाएको छ । 

यी च्यानलहरू र वेबसाइटहरू मार्फत भारतसँग सम्बन्धित विभिन्न संवेदनशील विषयहरूमा झुटा समाचारहरू फैलाइएको आरोप लगाएको छ । ब्लक गरिएका च्यानलहरू कश्मीर, भारतीय सेना, भारतमा अल्पसंख्यक समुदायहरू जस्ता विषयहरूमा पूर्व–नियोजित रूपमा विभाजनकारी सामग्री पोस्ट गर्न प्रयोग गरिएको आरोप लगाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस